पेटको बोसो यसरी घटाउनुृहोस्

120

पेट बढेर नराम्रो देखिनुका साथै पेटमा बोसो जमेर स्वास्थ्यलाई समेत नकारात्मक असर पुगिरहेको  हुन्छ । पेटको बोसो घटाउनका लागि धेरै एक्सरसाइज गर्ने, खानै नखाने, खाना खाएपछि वान्ता गर्ने जस्ता हानिकारक विधिहरु अपनाउनु भने हुदैन । यसले अझै स्वास्थ्यमा हानी पुर्याउने गर्छखानपानमा र दैनिक गरिने क्रियाकलापमा ध्यान दिने हो भने सजिलै पेटको बोसो घटाउन सकिन्छ ।

धेरै चिनीको प्रयोग गरिएको खानेकुराको सेवनले शरीरको तौल बढाउने काम गर्नुका साथै मोटोपनाको समस्या निम्त्याउने गर्छ । फलफुल तथा प्राकृतिक स्रोतबाट बनेको चिनीले भने बेफाइदा गर्दैन । धेरै चिनी खाने व्यक्तिलाई भोक लागि रहन्छ । धेरै भोक लाग्दा मानिसले धेरै खाने गर्दा छिट्टै मोटोपनको सिकार हुन पुग्छ । बजारमा पाइने जंक फुड, कोल्ड ड्रिंक, मिठाई, चकलेटको सेवनलाई त्याग्नु पर्छ ।

पेटको बोसो घटाउनका लागि गुलियो पदार्थको सेवनलाई कम गर्नुका साथ साथै मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन पनि कम गर्नु पर्छ । प्रोटिन युक्त खानेकुरा जसले बोसोलाई पगाल्नुका साथसाथै शरीरलाई आवश्यक पोषण तत्व प्रदान गरिरहेको हुन्छ, त्यस्तो खानेकुरालाई आफ्नो दिनहु डाइटमा समावेश गर्नु पर्छ । समयमा खाने नगर्दा वा मोटाउने डरले खाना खान छोड्ने गर्दा पनि पेटको बोसो लग्न सक्छ ।

त्यसैले, हरेक दुई घण्टाको समय मिलाएर केहि न केहि पोषण युक्त खाइरहनु पर्छ । बिहान बेलुका भातको सेवन गर्नु भन्दा पनि एक समयको भातलाई त्यागेर फलफुलको जुस, दालको झोल, तरकारीको सुप वा सलाद खानु पर्छ । साथै, पेटको बोसो घटाउनका लागि प्रसस्त मात्रामा पानीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विहान उठ्ने वित्तिकै नियमित रुपमा पानी पिएर र दिनभरीमा ३ देखि ४ लिटर पानीको सेवनले पेटको बोसोलाई घटाउन मद्दत गर्छ ।

पानीले पाचन प्रक्रियालाई सन्तुलित गराएर शरीरमा रहेका विषाक्त पदार्थलाई पसिना तथा पिसाबको सहायताले निस्कासन गर्न मद्दत गर्छ । पानीमा कागती र मह अथवा कागती र कालो नुनलाई मिसाएर पिएमा पनि पेटको बोसो घटाउनका लागि लाभदायिक हुन्छ । साथै, विहान उठ्ने बित्तिकै मर्निङ्ग वाल्क, डान्स, एरोबिक एक्सरसाइज, तथा विभिन्न प्रकारको योग तथा ब्यायाम गरेर शरीर तथा पेटको बोसोलाई घटाउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here