वीरगञ्जमा प्रचण्डको पुत्ला जलाउँदै नाराबाजी

220

काठमाडौं / पर्साको वीरगञ्जमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ ।

नागार्जुनबाट पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई खेद्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो ।

वीरगञ्जको घण्टाघरमा प्रचण्डको पुत्ला जलाउँदै उनीविरुद्ध नाराबाजी समेत गरिएको थियो ।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्नु पर्ने अभिव्यक्ति दिएका थिए।‘धेरै वकवक गरेर जनताले नागार्जुनबाट पनि निकाल्छन’ प्रचण्डले भनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here