प्रहरीद्धारा मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा

174

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । गत साउन २२ गते दिउसो वीरेन्द्रनगर नगर पालिकास्थित उद्योग वाणिज्य सँघ, सुर्खेतको कम्पाउण्ड अगाडि पार्किङ गरी राखेको भे ८ प १०६९ नं. को निलो बुलेट मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन परेको थियो ।

दैलेख जिल्लाको महाबु गा.पा. वडा नं. ३ बस्ने अन्दाजी २१ वर्षका अक्ष मल्लले चोरी गरेका थिए । मल्ल मोटरसाइकल चलाई छिन्चु हुदै भागेर नेपालगंज तर्फ गई रहेको अवस्थामा ई.प्र.का. छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला सुर्खेत भेरीगंगा न.पा. वडा नं. ४ हर्रे स्थित बर्दिया राष्ट्रिय निकुञ्जको आर्मी चेक प्वाईन्ट अगाडी नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी
दिए ।

उनका अनुसार अक्ष मल्ललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । लुकाई छिपाई राखेको काठ बरामद गरेको यसैबीच डिएसपी क्षेत्रीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले १५ थान चिरान फन्टा काठ बरामद गरेको छ ।

डिएसपी क्षेत्रीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं। २ कोलडांडा स्थित मान कुमारी रोकायको घरको तल्लो र माथिल्लो तलाको कोठामा धानको परालले अपरिचित व्यक्तिले लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद गरिएको हो । उक्त काठ डिभिजन बन कार्यालयलाई बुझाइएको डिएसपी क्षेत्रीको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here