सिंहदरबार वृतको हिरासतबाट भागे दुई थुनुवा

261

काठमाडौं– महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् ।

शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले भागेका ४ थुनुवामध्ये दुई जनालाई पक्राउ गरेको छ । भागेका दुई थुनुवाको खोजी कार्य भइरहेको प्रवक्ता बोगटीले जनाए । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here