बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

398

दाङ– जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शनिवार मध्यरातमा अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्वरको बोलेरो गाडीमा आगजनी भएको छ ।

आगलागी बाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो भन्ने कुरा खुल्न नसकेको एसपी उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here