पुरुषले पनि बच्चा जन्माउन सक्ने भएपछि…

640

तपाईहरुलाई  सुन्दै अच्चम्म लाग्न सक्छ कि अब पुरुषले पनि बच्चा जन्माउन सक्ने भएका छन् । जन्माउँछन् भनेर तर यो कुरा सत्य हो पुरुषले पनि महिला सरह गर्भवती भइ बच्चा जन्माउन सक्ने भएका छन् ।

पत्याउनै नसकिने यो विषयलाई विज्ञानले सम्भव बनाएको हो । अष्ट्रेलियामा २२ जना पुरुषले बच्चा जन्माएका छन् ।  लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।

अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ ।

यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग अन्नोन (थाहा नभएको) भनेर वर्गीकृत गरिएको थियो । लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् । विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरि बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here