भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी

199

नयाँ दिल्ली– सोनिया गान्धी भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष चुनिएकी छिन्। शनिबार अबेर सकिएको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई कांग्रेसको अन्तरिम अध्यक्षमा चुनेको हो।

सोनियालाई अन्तरिम अध्यक्ष चुनिएको र अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा समेत स्वीकृत गरिएको कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठक सकिए लगत्तै जानकारी दिए।

कांग्रेस महासचिव वेणुगोपाल र पार्टी प्रवक्ता रणदीप सुरजेवालाका अनुसार शनिबार नै बसेको कांग्रेस कार्यसमितिको दोस्रो बैठकले ३ प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाएका छन्।

पहिलो प्रस्तावमा राहुलले महत्वपूर्ण समयमा पार्टीको नेतृत्व गरेकोमा धन्यवाद दिँदै लोकसभा चुनावमा मिलेको हारको नैतिक जिम्मेवारी लिँदै मे २५ मा दिएको राजीनामा स्वीकृत गरिएको छ। सँगसँगै उनलाई आगामी दिनमा पनि पार्टीको नेतृत्वमा रही सही बाटो देखाउन पनि आग्रह गरिएको छ।

बैठकमा कांग्रेसका सबै प्रदेश नेताहरुको विचार बुझिएको थियो। प्रदेश नेताहरुले राहुललाई नै नेतृत्वमा रहिरहन आग्रह गरेका थिए। तर, राहुलले भने आफू पार्टी अध्यक्षमा रहिरहन नसक्ने स्पष्ट पारेका थिए।सोनिया गान्धीले समेत राहुललाई पार्टीको नेतृत्व सम्हाल्न आग्रह गरेकी थिइन्।

तर, राहुलले पार्टी अध्यक्षमा नबस्ने जनाएपछि बैठकले पार्टीको पूर्णकालीन अध्यक्ष चयन नहुँदासम्म सोनियालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ।

जम्मू–काश्मीरको विषयमा समेत बैठकले एक प्रस्ताव पारित गरेको छ। सो प्रस्तावमा विपक्षी पार्टीअन्तर्गत एक दलका प्रतिनिधि टोलीलाई त्यहाँको अवस्था अवलोकनका लागि जम्मू–काश्मीर जाने वातावरण बनाउन सरकारलाई आग्रह गर्ने उल्लेख छ।

बैठकपछि राहुलले संक्षिप्त प्रतिक्रिया दिँदै जम्मू(काश्मीरका विषयमा समेत चर्चा भएको स्वीकारे। भने, ुजम्मू(काश्मीरको अवस्था अहिले निक्कै नाजुक बनेको छ। बैठकमा जम्मू(काश्मीरका बारे चर्चा गरियो। छलफलपछि हामी यो निष्कर्षमा पुगेका छौं कि सरकारले पूर्ण पारदर्शीरुपमा जम्मू(काश्मीरमा कस्तो अवस्था छ त्यो देश र जनतासमु राख्नुपर्छ।ु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here