प्रत्येक नेपालीको थाप्लोमा अब ३९ हजार तीन सय १६ रुपैयाँ ऋण

173

काठमाडौं– नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ ।

गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो ।

गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ । अन्नपूर्णपोष्ट दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here