प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

178

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएकोले उनी फर्किन लागेको वालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

उनका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा। दिव्यासिंह शाहसहित ९ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here