बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

146

झापा– बिर्तामोड नगरपालिकाअन्तर्गत तीन वटा संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको छ ।

बिर्तामोडस्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवनबाहिर सोमबार बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ। कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको छ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशङ्का गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here