अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्कको अग्रता

51

ललितपुर / तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्क ९ अंकसहित अग्रस्थानमा रहेका छन् । थापाथलिले चौथों चरणमा उपाधिका प्रवल दाबेदार टिम गोल्डेन गेट कलेजलाई १.५ का विरुद्ध २.५ ले पराजित गरे भने पाँचौं चरणमा लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ०.५ का विरुद्ध ३.५ ले हराए । थापाथलिका आशिष फुयालले गोल्डेनगेटका पुरुषोत्तम चौलागाईं र रुकुमका मिलन लामासित बराबरी खेले भने रुपेश जैसवालले गोल्डेनगेट भुपेन्द्र निरौलासित बराबरी र रुकुमका विबेक श्रेष्ठलाई माथ गरे । यसैगरी क्षितिज भण्डारीले गोल्डेनगेटका मदनकृष्ण कायस्थसित बराबरी र रुकुमका सुश्रुत दाहाललाई माथ गरे र थापाथलिका सुमित पन्तले गोल्डनगेटका केशव श्रेष्ठ र रुकुमका युवराज पौडेललाई निराश पारेका थिए ।

च्यासलस्थित तुल्सीलालस्मृति प्रतिष्ठानमा संचाति खेलमा गोल्डेनगेट कलेज टिम ८ अंकका साथ दोश्रो स्थानमा रहेको छ । गोल्डेनगेटले पाँचौं चरणमा च्यासल युवा क्लबलाई १ का विरुद्ध ३ अंकले पराजित गरे । जसमा सुरवीर लामाले फिडेमास्टर विलमलाल श्रेष्ठ, मदनकृष्णले जनार्दन श्रेष्ठलाई माथ गरे भने पुरुषोत्तम र बद्रिलाल नेपाली तथा भुपेन्द्र र सजिन महर्जनबीचको खेल बराबरी भयो ।

स्वीस लिग ७ चरणको प्रतियोगितामा उत्कृष्ठ ४ टिम नकआउट चरणमा जानेछन् । जसमा गजुरमुखी चेस क्लब इलाम, मखन चेस क्लब, भक्तपुर जिल्ला बुद्धिचाल संघ र रौतहट जिल्ला बुद्धिचाल संघ समान ७ अंक प्राप्त गरी नकआउट चरणमा प्रवेश गर्ने प्रयासमा छन् ।

बिहिबार लिग चरणको छैटौं खेल बिहान ८ः०० बजे तथा सातौं चरणको खेल दिउँसो १ः३० बजे हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here