एन आई सी एशियाको चाडपर्व लक्षित उपहार योजना

148

काठमाडौं / एन आई सी एशिया बैंकद्धारा ग्राहकहरुको निम्ति उल्लासमय सहभागिता र सुझावलाई ध्यानमा राखेर एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत अब एन आई सी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो । उक्त विप्रेषण रकम बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ । यो योजना भदौ १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here