प्रधानाध्यापकले काटिदिए १ सय ५० छात्राको कपाल

251

एजेन्सी / भारतको तेलंगना राज्यमा एक प्रधानाध्यापकले १ सय ५० छात्राको कपाल काटिदिएका छन्।
एक आदिवासी विद्यालयको होस्टलमा पानीको अभाव भएकोले प्रधानाध्यापकले सयौं छात्राको कपाल काटिदिएको भारतीय संचारमाध्यमले जनाएका छन्। प्रधानाध्यापकले छात्राहरुको कपाल काटिदिएपछि विद्यालयमा अभिभावकहरुले प्रदर्शन गरेका थिए। उनले प्रतिक्रियामा पानीको अभाव भएकाले यस्तो कार्य गर्नुपरेको जनाए ।

प्रधानाध्यापकले आफूले छात्राहरुको सहमतिमै उनीहरुको कपाल काटेको जनाएका छन् । प्रहरीले यस विषयमा अनुसन्धन सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here