प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक बिग्रेपछि बैठक सारियो

36

काठमाडौं / सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् ।

 बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उनको अस्वस्थताका कारण भोलीका लागि सरेको छ ।

नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक बस्ने गृहकार्य भइरहेको तर प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूल भएका कारण सचिवालय बैठक भोलीका लागि सारिएको जानकारी दिए । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो ।

आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक सारिएको हो ।

सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो । कार्यविभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् ।

ज्वरो देखिएपछि फेरि उपचारका लागि विदेश लैजानेबारे सचिवालयले आवश्यक परामर्श थालेको छ। तर अवस्थाबारे एकीन भएपछि मात्रै निचोडमा पुगिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here