क्वाँटी खाने पर्व -जनै पूर्णिमा

880

आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा । काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर घरमा क्वाँटी खाने प्रचलन छ । खासगरी नेवार समुदायमा बढी छ। जनैपूर्णिमाको अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको ‘क्वाँटी’ हो ।

पछिल्लो सयम सबै समुदायको यसको लोकप्रियता बढेको छ । आजको दिनलार्इ क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजार्इ राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलार्इ क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलार्इ विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो ।  क्वाँटी विभिन्न एघार किसिमका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार गरिन्छ। मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।

क्षेत्री बाहुनलगायतका समुदायले भने विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खाने गर्दछ । यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here