शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली थाइल्यान्ड प्रस्थान

253

काठमाडौं / एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ तथा पुरुष फिटनेस फिजिकमा राजु राईले खेल्ने छन् ।

महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन् । तीनै खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन् । समिर र मल्लिकाले स्वर्ण तथा राजुले रजत जितेका थिए ।

टोली प्रमुखमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here