उपत्यकाका विद्यार्थीहरुमा हात्तीपाइले संक्रमण

93

काठमाडौं / काठमाडौं महानगरपालिकाको विद्यालयमा गरिएको परीक्षणमा १२ जनामा हात्तीपाइले संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा यस्तो तथ्यांक सार्वजनिक भएको हो।

महानगरपालिकाका ३२ स्कुलका १६ सय ४३ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण भेटिएका हो। सर्वेमा ५ देखि ७ वर्ष उमेरका विद्यार्थी सहभागी थिए। त्यस्तै काठमाडौं जिल्लाका नगरपालिकाभित्रका १५ सय ६९ विद्यार्थीमा गरिएको परीक्षणमा ४ जनामा हात्तीपाइलेको संक्रमण भेटिएको छ।

ललितपुर महानगरपालिकामा १५ सय २१ विद्यार्थीमा गरिएको परीक्षणमा ५ जनामा हात्तीपाइलेका जीवाणु भेटिएका छन् भने भक्तपुरमा १५ सय ४९ जनामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ। रोग नियन्त्रण महाशाखाले २७ जिल्लाहरुमा दोस्रो र तेस्रो चरणको परीक्षण गरेको थियो। जसमध्ये १३ जिल्लामा दोस्रो चरणको परीक्षण र १४ जिल्लाहरुमा तेस्रो चरणको परीक्षण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यक्रम अधिकृत प्रदीप रिमालले भने, उनले ‘पहिलो र दोस्रो परीक्षण गरिएका जिल्ला जीवाणु नभेटिएर औषधि रोकेका जिल्ला हुन् भने तेस्रो परीक्षण गरिएका जिल्ला पहिलो र दोस्रो परीक्षण पास भएर औषधि रोकेका जिल्ला हुन्।’

रिमालका अनुसार दोस्रो चरणको परीक्षण गरिएका जिल्लामध्ये सबैभन्दा बढी सर्लाहीमा १२, रौतहट १५, महोत्तरी २१ र नुवाकोटमा १४ जना बच्चा संक्रमित भेटिएका थिए। विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। यही अनुसारले बढ्ने हो भने २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्न नसकिने रिमालले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here