वीरगञ्जमा ‘चलचित्र महोत्सव’ को तयारी

159

काठमाडौं / नेपाल चलचित्र निर्माता संघले प्रदेश नम्बर २ वीरगञ्जमा ‘चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र विस्तारको लागि भन्दै महोत्सव आयोजना हुन लागेको हो ।

आगामी १ असोजदेखि ३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव आयोजना हुन लागेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् । चलचित्र क्षेत्रले असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसर पारेर महोत्सव आयोजना हुन लागेको हो । निर्माता संघ र विकास बोर्डको आयोजना रहने महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजना रहनेछ ।

तीन दिन सम्म चल्ने उक्त महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका सिनेमाको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, सिनेमा सम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति लगायत बिभिन्न कार्यक्रम समेत रहने छ । महोत्सवका लागि निर्माता संघका अध्यक्ष अधिकारीले वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघसँग समेत छलफल गरिसकेका छन्

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here