काबुलको एक विवाह समारोहमा आत्मघाती विस्फोट

186

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ ।

यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आत्मघाती आक्रमणकारीले मानिसहरु खचाखच भएको रिसेप्सनमा आफैंलाई बम विस्फोट गराएको थियो । सो विस्फोट स्थानीय समय अनुसार  २२ः४० बजे भएको हो ।

यो हमाल शहरको शिया बहुल इलाकामा भएको हो । प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको जनाएका छन् ।

सोसल मिडियामा सार्वजनिक गरिएका विभिन्न तस्बिरमा घटनास्थलबाहिर महिला विलाप गरिरहेको देख्न सकिन्छ ।

अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

हालैका दिनमा अफगानिस्तानमा थुप्रै ठूला आत्मघाती हमला भएका छन् ।

यो महिना काबुलको बाहिरी इलाकामा एक पुलिस चौकीलाई निशाना बनाएर गरिएको ट्रक बम हमलामा १४ जना मारिएका थिए । यसमा १५० बढी मानिस घाइते भएका थिए ।

उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।

एकातर्फ जहाँ तालिबान र अमेरिकाबीच अफगानिस्तानमा युद्ध समाप्त गर्ने विषयमा वार्ता भइरहेको छ भने अर्कोतर्फ यस्ता ठूला हमला भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here