भीडको विषयभन्दा जनताको समृद्धिको विषयबारे लेख्नुहोस् : सञ्चारमन्त्री गोकुल बास्कोटा

186

बागलुङ /  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान र कानून माथि भएझै‌ं गरी सञ्चार माध्यम र पत्रकारले जथाभावी लेखेको टिप्पणी गरेका छन् ।

बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिकको १६ औं वार्षिकोत्सवको उद्घाटन गर्न आएका मन्त्री बास्कोटाले नेपाली पत्रकारितामा भीडतन्त्र हाबी भएको जनाउँदै भीडलाई उत्तेजित पार्ने र अराजतकतामा खेल्ने प्रवृत्ति मौलाएको आरोप पनि लगाएका छन्  । उनले भीडतन्त्रको विषयभन्दा जनताको समृद्धिको विषय लेख्न सुझाए ।

मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल मात्र नभई आम सञ्चार कानून ल्याएर कारवाहीको दायरा बढाउने जनाए । ‘अब आमसञ्चार कानून र अन्य धेरै कानून बनाएर बेथितिको नियमन गरिन्छ’ उनले भने, ‘हावादारी लेख्ने सञ्चारकर्मी र सञ्चारमाध्यम कारवाहीको दायरामा आउँछन् ।’ अपराध छोप्ने, सत्य लुकाउने, समाजलाई भ्रमित पार्ने र सामाजिक सम्बन्ध खलबल्याउने काम मिडियाले गर्न रोक्ने सञ्चारमन्त्री बास्कोटाले  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here