पूर्वयुवराज पारस शाहद्वारा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार

373

काठमाडौं– पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए । नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here