कश्मीर विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट हल गर्नुपर्छः परराष्ट्रमन्त्री

89

काठमाडौ, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कश्मीरमा हाल देखिएको विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कश्मीर मामिलालाई नेपालले नजिकबाट हेरिरहेको बताए ।

उनले नेपाल यस क्षेत्रमा शान्ति र स्थायित्वको पक्षमा रहेको भन्दै भारतका कारण शान्ति खलबलिन नहुने बताए । कश्मीरलाई दिइएको विशेष राज्यको अधिकार भारतले खोसेपछि अहिले कश्मीर अशान्त बनिरहेको छ । कश्मीर विषयलाई लिएर भारत र पाकिस्तानकाबीचमा विवाद बढ्दै गइरहेका बेला सार्क मुलुकको अध्यक्ष समेत रहेको नेपालको यस्तो धारणा आएको हो । कश्मीरका विषयमा नेपालले कुनै अभिव्यक्ति नदिएको भन्दै कतिपयले नेपालको आलोचना समेत गर्दै आइरहेका थिए । मन्त्री ज्ञवालीले कश्मीरमा रहेका नेपालीकाबारेमा पनि नेपालले चासो दिइरहेको भन्दै दिल्लीस्थित दूतावासले कश्मीरमा रहेका नेपालीहरुका बारेमा जानकारी लिइरहेको बताए ।
उनले नेपाल र भारतको संयुक्त आयोजको बैठकमा तराईको डुबान, इपिजी प्रतिवेदन लगायतका दुई पक्षिय चासोका विषयमा छलफल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here