प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

234

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंगो लगाउन उनले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसको बैठक बोलाएका छन् ।

यी दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको हो । यसअघि आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै साता पूर्णता दिने जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here