शहीदको मार्ग पहिल्याएर देश जोगाउन आह्वान

229

जनै पूर्णिमाको दिन जन्मनु भएका शहिद शुक्रराज शास्त्रीको शालिक पुल्चोक इनारमा देशको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र दिरेल तर्फ पुगेर दुर्घटनामा राष्ट्र पर्न लागीसकेको चारै दिशाबाट बुलन्द आवाज निस्की राखेको बेला यसो हुनु भनेको देशमा सरकार नहुनाले हो भन्ने विचार श्रद्धाञ्जली सभामा मन्तव्य दिनेहरूले राखेका थिए ।

शहीदको मार्ग पहिल्याएर देश जोगाउन आव्हान गरेको सो कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद शोभा शाक्य, शंकर मघैया, हस्तकला उद्योगी इन्द्र ब. शाक्य, ललितपुर नगरपालिका उपमेयर गीता सत्याल, वडा नं १० का सचिवि एकनाथ काफ्ले, वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य आदीले बोल्नु भएको सो श्रद्धाञ्जली सभा हरिभक्त श्रेष्ठले संचालन गर्नु भएको सो कार्यक्रम शहीद स्मारक समिति ललितपुरका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो भने कोषाध्यक्ष मोहनराज शाक्यबाट स्वागत मन्तव्य राखिएको थियो ।

असंलग्न आन्दोलनका प्रणेता, शोषण रहित समाजको परिकल्पना  नेपाल जन विकास समाजम सेवा संघको आयोजनामा राष्ट्रिय एकता र सामाजिक एकता र मुलुकी ऐन दिवसको उपलक्ष्यमा वृहत प्रवचन गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन सभाकक्षमा वरिष्ठ समाजसेवी महिला नेतृ श्रीमती शुभद्रा विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको छ ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद प्रा.डा.जगमान गुरूङ्गको प्रमुख आतिथ्यमा भएको सो विचार गोष्ठीमा वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीले गुठी विधेयकको विरोधमा जसरी काठमाण्डौ उपत्यकाका संस्कृति र सम्पदा प्रेमीहरू सडकमा उत्रे पछि सरकारले विधेयक फिर्ता लिए, त्यसैले नेपालका प्रतिनिधीत्व गर्ने काठमाण्डौ उपत्यकाबासीले देश जोगाउन धर्म निरपेक्ष, संघियता र गणतन्त्र रुपी नेपालको विषलाई उखेलेर फ्याल्न उपत्यकाबासीलाई आव्हान गर्नु भयो । नेपालको राजनीतिको नजिकको क्षितिजमा आँधीवेरी आउने संकेत आफुले पाएको छु भन्नु भयो ।

बामपन्थी राजनीतिक पृष्ठभूमिका राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.ले राजसंस्था र नेपालको धर्म संस्कृतिले नेपाललाई जोडेकोले आफु देशको पक्षमा उभिएर बोल्नु पर्ने सृजना भएकोले आफ्नो विचार पस्कदै आएको छु भन्नु भयो ।
सम्मानिय प्रा.डा.रत्नकमल वैद्यले वहुदलीय प्रजातान्त्रिक व्यवस्था असफल भएको होइन सत्ता संचालकहरू असफल भएका हुन भन्नु भयो ।

राजनीतिक विश्लेषक दिर्घराज प्रसाई, पूर्वमन्त्री प्रकाश चित्रकार, हेम विक्रम सिलवाल, अधिवक्ता दिनेश कुमार अच्छामी, धार्मिक लेखक शंकर पौडेल, वरिष्ठ लेखक आदित्यमान श्रेष्ठ आदीले समेत बोल्नु भएको सो कार्यक्रमको संचालन साहित्यकार राजन न्यौपान्नेले गर्नु भएको थियो ।

प्रमुख अतिथी प्रज्ञा प्रतिष्ठानका उप कुलपति एवं संस्कृतिविद प्रा.डा. जगमान गुरूङ्गले हाम्रो धर्म संस्कृतिमा कसैलाई पनि भेदभाव गरेको थिएन र छैन पनि तर समाज विरोधीहरूले समाजमा विभेद ल्याएर नेपाली समाजमा विकास भएको हेर्न नचाहने तत्वहरूले चलखेल गरिरहेको बारे विस्तृत चर्चा गर्नु भयो । वहाँले राजा ज्ञानेन्द्रले को के हो भन्ने बुझेर राजधर्म निभाएका खण्डमा राजसंस्था फर्कने जनाउनु भयो भने ब्राम्हण जातिहरूले कर्म अनुुुसार धर्म निर्वाह नगरेकोले नेपाली समाज पतनोत्मुख तिर झरेको हो भन्नु भयो ।

सो विचार गोष्ठी कार्यक्रममा सबै बक्ताहरूले उत्कृष्ट विचार प्रस्तुत गर्र्दै देशलाई सम्हाल्न जनताको शान्ति पूर्ण आन्दोलनको आवश्यकता बारे जोड दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here