महिला सामुदायिक सेवा केन्द्रको स्थापना दिवशमा रक्तदान कार्यक्रम आयोजना

237

घोराही / नेपाल महिला सामुदायिक सेवा केन्द्रले २६ औँ स्थापना दिवश मंगलवार मनाएको छ । केन्द्रले घोराहीमा रक्तदान गरेर दिवश मनाएको हो ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका थिए । सधै सामाजिक कार्यमा अग्रसर हुने केन्द्रले रक्तदान गरेर स्थापना दिवश मनाउनु प्रेरणाको विषय भएको उनीहरूको भनाई थियो ।

कार्यक्रममा रक्तदान र यसका फाईदाबारेमा ब्लड बैंक घोराहीका ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिनुभएको थियो । केन्द्रका संस्थापक कोषाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण केन्द्रका वरिष्ठ प्रवन्धक लोकाणी रेग्मीले गर्नुभएको थियो ।

त्यस अवसरमा २१ जनाले रक्तादा गरेका थिए । जसमा केशवराज शर्मा, सरोज केसी, आकाश योगी, कमल महरा, आदर्शकृष्ण बस्नेत, प्रकाश पहाडी, गगन योगी, फत्तबहादुर विसी, कमला पौडेल, अनिल गिरी, चथुर्मान चौधरी, राजन परियार, यमलाल डाँगी, दामोदर खनाल, अनिल अधिकारी, ओपेन्द्र गिरी, कल्पना कार्की,चन्द्रा योगी, पुष्पा पुलामी, रोशनी खनाल, पुष्पा रजौरेले रक्तदान गर्नुभएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र २०५० साल भदौ ३ गते स्थापना भएको थियो । केन्द्रले सामाजिक कार्यमा उल्लेखनीय योगदान गरेको छ । विद्दालयमा शिक्षा सहयोग, विपन्न बालबालिकालाई शिक्षा कार्यक्रम, विद्दालयमा खानेपानी सहयोग कार्यक्रम, लघुवित्त कार्यक्रम, सचेतना कार्यक्रम, महिला उद्यम कार्यक्रमहरू सञ्चालन गररिरहेको केन्द्रका वरिष्ठ प्रवन्धक लोकाणी रेग्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here