माक्र्सवाद र एशीयाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलनबारे

37

– हुकुमबहादुर सिंह

मार्कसिष्ट गुरुकुलको प्रमुख आयोजना र अन्य तीन विश्वविद्यालय–नेपाल संस्कृत, खुला विश्वविद्यालय आदिको सहयोगमा सञ्चालित दुइृ दिने कार्यक्रमको उद्घाटन सरकारी नेकपाका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले गरे । सम्मेलनको उद्घाटन शेसनका अध्यक्ष स्वनाम साथीले सम्मेलनको एउटा उद्देश्य यसबारे बहस र छलफल चलाउन आवश्यक भएको भन्दै बहस र छलफलबाट माक्र्सवादले आफूलाई उत्कृष्टताको प्रमाणपत्र लिनुपर्ने कुरा गर्दै माक्र्सवादीहरू, खासगरी नेपालका माक्र्सवादीहरूलाई बहस र छलफलमा आउन आग्रह पनि गरे । उद्घाटन कार्यक्रममा नेकपा(मसाल)लगायत स–साना अन्य कम्युनिस्ट समूहहरूको सहभागिता थियो । नेकपा-क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई पनि निमन्त्रणा गरिएको तर उहाँले त्यसका लागि असमर्थता जनाउनु भएको थियो । केही समयअगाडि उहा“द्वारा लिखित र प्रकाशित ‘हिमाली दर्शन’ले पूर्वीय दर्शनका क्षेत्रमा उठाएका विषयहरू यो सम्मेलनका लागि सान्दर्भिक हुन सक्छन् ।

यस्तो सम्मेलन– माक्र्सवाद र एशीयाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना पहिलोपटक नेपालको राजधानी काठमाडौंमा सुरु भएको छ । र यसका आफ्नै सकारात्मक तथा नकारात्मक पक्षहरू हुने नै छन् । यसको सबैभन्दा नकारात्मक पक्ष के हो भने यस्ता सम्मेलनहरूबाट माक्र्सवादको रक्षा र विकास सम्भव छैन र यो पूर्णत उत्तर आधुनिकतावादी दृष्टिकोणबाट वर्तमान विश्वको अध्ययन गर्नेे, लेख्ने र बुझने दृष्टिकोणको गोलचक्करमा जकडिएको छ । जनताको बहुदलीय जनवादको यसको आधार हो भन्ने स्पष्ट हुन्छ । जनताको बहुदलीय जनवादको कोणबाट जे जसरी माक्र्सवादलाई संसदीय निर्वाचनद्वारा, बहस र छलफलद्वारा अन्यलाई जितेर आफूलाई उत्कृष्टता प्रमाणित गर्ने भनिन्छ, त्यही सोचमा यस्ता सम्मेलन, प्रशिक्षण तथा अन्तरक्रियाहरू गर्नमा जोड दिने बुद्धिजीवीहरूको बाहुल्यता अहिले हरेक कम्युनिस्ट बुद्धिजीवीहरूमा बढ्दै गएको देखिन्छ र अहिले भइरहेको उक्त सम्मेलनबारे पनि एकजना बुद्धिजीवीको भनाई थियो–’क्रान्तिकारी माक्र्सवादी हौ भन्नेहरूले सम्मेलनमा भाग लिएर आफ्ना भनाइहरूलाई बहस र छलफलमा समावेश गरेर त्यहाँबाट उत्कृष्टता तथा स्वीकार्यता लिनु प¥यो नि ?’

आजका बुद्धिजीवी माक्र्सवादीहरू, जो माक्र्सवादलाई जनताको बहुदलीय जनवादको स्तरमा बुझन चाहन्छन्, बुझिरहेका छन्, तिनीहरको विचार हो यो । उक्त सम्मेलनमा सहभागी वक्ताहरूको अभिव्यक्ति पनि यही सेरोफेरोमा आएका थिए । सम्मेलनको उदघाटन गर्दै प्रमुख अतिथिको रूपबाट सरकारी नेकपाका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको सभ्यतालाई संक्षिप्तमा भन्दै माक्र्सवादजस्तै एशियाली दर्शनको अनुसन्धान र खोज हुनुपर्नेमा जोड दिए । नेपाल, भारत तथा चीनका माक्र्सवादी विद्यमानहरूको सम्बोधनले पनि के कुरालाई चटक्कै भूलेको पाइयो भने माक्र्सवाद आफै दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादको पूर्णता हो र यो एउटा पूर्ण सत्ता पनि हो । त्यो सत्ता जसको नेतृत्व सर्वहारावर्गको हुन्छ । उनीहरूका प्रस्तुतीहरू सुन्दा के लाग्थ्यो भने माक्र्सवादका तीन सङ्घटक अङगहरू–माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका आधारभूत अवधारणाहरूमाथि नै उनीहरूको असहमति छ र त्यही असहमतिभित्रबाट उनीहरूले माक्र्सवादले आफूलाई उत्कृष्ट भएको प्रमाणित गर्नु पर्ने कुरा गरिरहेका छन् ।

सही माक्र्सवादीहरू माक्र्सवादका महत्वपूर्ण उपलब्धिहरू–वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, ऐतिहासिक भौतिकवाद, बलप्रयोगको सिद्धान्तजस्ता माक्र्सवादका आधारभूत मान्यताहरूमा विश्वास गर्दछन् तर अहिलेका नेपालका सरकारी कम्युनिस्टहरू भने जनताको बहुदलीय जनवाद(जबज) भनिरहेका छन् । हुन त जनतामा नया“ भ्रम छर्न माओवादीबाट एमालेमा बिलय भएकाहरूले ‘जनताको जनवाद’को कुरा गरिहेका छन् तर वास्तवमा यी दुवै एउटै हुन्– माक्र्सवाद¥लेनिनवाद–माओवाद विरोधी संशोधनवादी विचारहरू । चीनलगायत वर्तमानमा विश्वमा देखिएका माक्र्सवाद विरोधी संशोधनवादीहरूले सारमा बर्नस्टीन, काउट्स्की तथा ल्युशाओचीहरू(पछिल्लो अवस्थामा देङ सियाओ पिंग)को संशोधनवादीहरूको मार्ग अबलम्वन गरिरहेका छन्, माक्र्सवाद–लेनिनवाद–माओवादका मूलभूत सिद्धान्त, मूल्यमान्यता आदिलाई बहस र छलफलको नाम दिएर संशोधन गरिरहेका छन् तर रूपमा आफूलाई माक्र्सवादी भन्न भने छाड्दैनन् । यही अवस्था अहिले चीन, नेपाल, भारतलगायत विश्वका संशोधनवादीहरूमा देखिन्छ । तर यिनै संशोधनवादीहरूसित काँधमा काँध मिलाएर उनीहरूका यस्ता माक्र्सवादको झण्डा बोकेर माक्र्सवादका विरोधीहरू सित हरेक कार्यक्रममा एकतावद्ध हु“दै आयोजनामा सहभागी भएर नेकपा(मसाल)लगायत अन्य स–साना कम्युनिस्ट समूहहरूको भविश्य के हो ? स्पष्टताको आवश्यकता देखिएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले एकातिर सरकारी कम्युनिस्ट पार्टी साँचो अर्थमा कम्युनिस्ट पार्टी नै होइन भन्ने तर अर्कोतिर प्रलेसलगायत संस्थामा भाग लिने र यस्ता बहस, छलफल तथा प्रशिक्षणमा सक्रियतापूर्वक उपस्थिति जनाएर आखिरमा के गर्न खोजेको हो ? उक्त पार्टीभित्रका क्रान्तिकारी माक्र्सवादीहरूका लागि अन्योलताको अवस्था देखिदै गएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा र विश्वकै कम्युनिस्ट आन्दोलनमा शास्त्रीय माक्र्सवादको बारेमा बहस, छलफलको खडेरी परेको समयमा एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले माक्सृवादको रक्षा र विकासका लागि साश्त्रीय माक्र्सवादको आवश्यकता र औचित्यतामाथि नै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बहस र छलफलको आवश्यकता छ । यसले मात्रै माक्र्सवादको रक्षा र विकासमा एउटा महत्वपूर्ण कदम हुन सक्छ । नेपालमा अहिले कम्युनिस्टको नाममा दलाल तथा नोकरशाही पुँजीवाद मौलाउदै गएको अवस्थामा, त्यस्ता पार्टीहरूको पहलमा गरिने कुनै पनि स्तरको माक्र्सवादवारेको बहस सारमा माक्र्सवादको विकास नभई दलाल तथा नोकरशाही पुँजीवादको विकासका लागि मार्ग प्रशस्त गर्ने हुन जान्छ । -Singhhukum683@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here