नेकपा सचिवालय बैठक आज पुनः बस्दै

228

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पुनः बस्ने भएको छ । बुधबारको बैठकमा भएका छलफलका विषयलाई पूर्णता दिन बैठक बस्न लागेको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य माधवकुमार नेपालले असहमतिपत्र दर्ता गराएका थिए । त्यस विषयमा पनि कुनै छलफल नभएको पार्टीले जनाएको छ ।

असहमतिपत्रको बारेमा छलफल हुने जनाइएको थियो तर भएन ।

नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका थिए । केही निर्णय पनि सच्याउन माग गरेका थिए ।

बैठक बिहीबार बिहान ८ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here