राष्ट्रपति भण्डारी र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

170

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।

भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री एस जयशंकर आजै स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here