इंग्लिस प्रिमियर लिगमा आज राति ३ वटा खेल हुँदै

65

एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार राति ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो चरणको खेल जारी रहँदा सिटले ४ अंक जोड्दै आफूलाई तालिकाको चौथो स्थानमा राखेको छ भने बर्नमाउथले पनि समान चार अंक जोडे पनि गोल अन्तरका आधारमा सातौं स्थानमा छ । खेल बर्नमाउथको मैदानमा हुने छ । यस्तै, नेपाली समय अनुसार राति सवा ९ बजे २ वटा खेल हुने छन् । टोटनह्याम र न्यूक्यासल युनाइटेड आमने सामने हुने छन् । सोही समयमा अर्को खेलमा वुल्भस र बर्नलेले प्रतिस्पर्धा गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here