रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र ५ हजार डलर जरिवाना

86

भर्जिनिया– गत बर्ष भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन मारिएका रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ ।

सोमबार भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सो फैसला सुनाएको हो । जुरी (पन्चहरु)ले ६० बर्षको र २५ हजार डलरको सिफारिस गरेपछि न्यायाधीशले उक्त निर्णय सुनाएका हुन् ।

हत्यारा जेल (कारागार) आगामी नोभेम्बर २२ मा जानेछन् ।

भर्जिनियाको हरन्डन शहरस्थित सुनोको इन्धन चौकी (ग्यास स्टेसन)मा बजगाईंलाई आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले हिर्काएर शरीरको माथिल्लो भागमा ज्यादा चोट लागेको कारण उनको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामले घाँटी थिचेको समेत प्रमाण फेला परेको छ ।

नेपाली मूलका ४० वर्षीय बजगाईको गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो ।

मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनी सुनोको ग्यास स्टेसन (इन्धन चौकी) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व। बजगाई आफ्नी श्रीमती तथा ६ वर्षीय छोरीसँग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here