धनी राष्ट्रहरूको समूह ‘जी–सेभेन’ सम्मेलन : समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा

401

फ्रान्स / फ्रान्सको बियारिचमा जी–७ को ४५औँ संस्करण अगस्ट २४–२६ मा सम्पन्न भयो । यस सम्मेलनमा समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा राखेर रणनीति बनाउने र त्यस सम्बन्धमा साझा धारणा बनाउने प्रयास गरिन्छ ।

द्वितीय  विश्वयुद्धपछि खुला बजार अर्थनीति, लोकतन्त्र र बहुलवादजस्ता अवधारणलाई केन्द्रमा राखेर नयाँ विश्व व्यवस्थाको अभ्युदय भयो ।  मानव जातिको ठूलो विध्वंश र असीमित धनसम्पत्तिको विनासबाट यस महायुद्धले समग्रतामा विश्वभरिका सबै मानव जातिको जीवनमा अभूतपूर्व बादलाब ल्याइदिएको थियो ।

यस परिवर्तनलाई एउटा प्रणालीमा व्यवस्थित गर्न युद्धमा विजेता बनेका घटक लागेका थिए । तिनै मुलुकको अगुवाइमा यस समूहको निर्माणको थालनी भएको हो । त्यसैले सामाजिक, आर्थिक एवम् राजनीतिक व्यवस्थाको मेरुदण्डका रूपमा यस समूह मुखरित भएको देखिन्छ ।

सन् १९७६ मा तत्कालिन क्यानाडेली प्रधानमन्त्री पिएरे त्रुदुले क्यानाडालाई उक्त समूहमा स्वागत गर्दा अत्यन्तै सम्मानित अनुभव गरे । यसपछि ‘ग्रुप अफ सेभेन’ अथवा जी–७ को उदय भयो ।

यस समूहको तत्कालीन उद्देश्य यस समूहका सदस्य राष्ट्रहरुका बीच हुने ‘म्याक्रो–इकोनोमिक इनिसियटिभ्स’ लाई सहजतापूर्वक समन्वय गरी भविष्यमा आइपर्ने विनिमय दरको सङ्कट (सन् १९७१ मा भएको जस्तो) टार्नु र एकत्रित्त वित्तीय सवलता निर्माण गरेर विश्वव्यापी वित्त बजारलाई नियमन गर्नु थियो ।

सन् १९७५ देखि हरेक वर्ष यस समूहको शिखर बैठक भइरहेको छ । यी बैठकमा आर्थिक नीतिबारे आपसी परामर्श हुन्छ ।  सन् १९८७ देखि सदस्य राष्ट्रका वित्त मन्त्रीहरु विकसित घटनाक्रमलाई मध्यनजर गरी आवश्यकता अनुसार वर्षमा चार पटकसम्म बैठक बसिरहेका छन् ।

यस समूहका शिखर बैठकहरु हालसम्म निम्न साल र मुलुकहरुमा सम्पन्न भएका छन् ।  यसको पहिलो संस्करण फ्रान्स, दोस्रो अमेरिका, तेस्रो बेलायत, चौथो पश्चिम जर्मनी, पाँचौँ जापान, छैठौँ इटाली, सातौँ क्यानाडा, आठौँ फ्रान्स, नवौँ अमेरिका, दशौँ बेलायतमा भएको थियो ।

त्यसै गरी ११ औँ सन् १९८५ मा पश्चिम जर्मनी, १२औँ सन् १९८६ मा जापान, १३औँ सन् १९८७ मा इटाली, १४औँ सन् १९८८ मा क्यानाडा, १५ औँ सन् १९८९ मा फ्रान्स, १६औँ सन् १९९० मा अमेरिका । १७औँ सन् १९९१ मा बेलायत, १८औँ सन् १९९२ मा जर्मनी, १९औँ सन् १९९३ मा जापान, २०औँ सन् १९९४ मा इटालीमा भएको थियो ।

२१औँ सन् १९९५ मा क्यानाडा, २२औँ सन् १९९६ मा फ्रान्स, २३औँ सन् १९९७ मा अमेरिका, २४औँ सन् १९९८ मा बेलायतको भएको थियो ।  २५औँ सन् १९९९ मा जर्मनी, २६औँ सन् २००० मा जापान, २७औँ सन् २००१ मा इटाली, २८औँ सन् २००२ मा क्यानाडा, २९औँ सन् २००३ माा फ्रान्स, ३०औँ सन् २००४ मा अमेरिका भएको थियो ।

३१औँ सन् २००५ मा बेलायत, ३२औँ सन् २००६ मा यस पटक भने रुसी महासङ्घसहित समूह आठ अर्थात जी–एटको बैठक रुस, ३३औँ सन् २००७ मा जर्मनी, ३४औँ सन् २००८ मा जापानमा भएको थियो ।  ३५औँ सन् २००९ मा इटाली, ३६औँ सन् २०१० मा  क्यानाडा, ३७औँ सन् २०११ मा फ्रान्स, २८औँ सन् २०१२ मा अमेरिका, ३९औँ सन् २०१३ मा बेलायत, ४०औँ सन् २०१४ मा युरोपेली सङ्घमा भएको थियो ।

४१औँ सन् २०१५ मा जर्मनी, ४२औँ सन् २०१६ मा जापान, ४३औँ सन् २०१७ मा इटाली, ४४औँ सन् २०१८ मा क्यानाडा र हाल जारी ४५औँ शिखर सम्मेलन अगस्त महिनाको २४ देखि २६ तारिखसम्म फ्रान्समा सम्पन्न भयो । यसलाई फ्रान्सेली राष्ट्रपति इमानियोल माक्रो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here