प्रधानमन्त्री ओली नहुँदा पार्टीभित्र प्रचण्डको सक्रियता

64

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री  केपी शर्मा ओली उपचारको लागि  सिंगापुर पुगेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र सक्रिय भएका छन्।

ओलीको अनुपस्थितिमा पार्टीबारे निर्णय लिन प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने अधिकार प्रत्योजित गरिएको छ । सोहीअनुसार अध्यक्ष प्रचण्डले सोमबार मात्रै सचिवालय बैठक डाकेर महत्वपूर्ण निर्णयहरु गरेका थिए ।

प्रचण्डको ध्यान अब स्थायी समिति बैठक डाक्नेतर्फ रहेको छ । लामो समयदेखि स्थायी समितिको बैठक बस्ने सकेको छैन । त्यसपछि उनले केन्द्रिय कार्यसमिति बैठक बोलाउने र नेताहरुको जिम्मेवारी बाँडफाँड गराउने तयारी गरेको स्रोतको दाबी छ ।

पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल यतिवेला माल्दिम्भसमा छन् । उनी फर्किएलगत्तै पूनः सचिवालय बैठक डाक्ने र त्यसपछि क्रमशः स्थायी र केन्द्रिय समितिको बैठक बोालउने भन्दै अध्यक्ष प्रचण्डले गृहकार्य थालिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here