जाकर्ता डुब्दै गएपछि इण्डोनेशियाद्वारा नयाँ राजधानी बनाउने क्षेत्र घोषणा

285

इण्डोनेशिया / इण्डोनेशियाको राजधानी जाकर्ता जलवायु परिवर्तनका कारण डुब्दै गएको छ । जाकर्ता डुब्दै गएपछि इण्डोनेशियाद्वारा राजधानी सर्ने भएको छ । इण्डोनेशियाले जाकर्ताबाट राजधानी सारेर नयाँ राजधानी बनाउने घोषणा गरेको छ ।

राष्ट्रपति जोको विदोदोले अब देशको मध्य–भागमा रहेको बोरनियो टापूको इण्डोनेशियाली भागमा राजधानी बन्ने जानकारी दिए । राजधानी स्थानातरणको लागि इण्डोनेशिया सरकारले ३३ अर्ब अमेरिकी डलर खर्चने अनुमान गरेको छ ।

नयाँ राजधानी बोरनियो टापूको इण्डोनेसियाली हिस्सामा बनाइनेछ । बोरनियो टापूमा इण्डोनेशिया अतिरिक्त मलेसिया र ब्रुनाईका भूभाग पनि छ । यसको इण्डोनेशियाली भागलाई कालिमन्तान भनिन्छ । यो जाकर्ताबाट हजार किमी टाढा छ ।

जाकर्तामा एक करोड मानिस बसोबास गर्छन् । जाकर्तामाथि ठूलो भार परिरहेकाले यो कदम आवश्यक भएको राष्ट्रपति विदोदोले जानकारी दिए । ‘जाकार्ता समुन्द्र मुनि डुब्नु अघि नै योजना सम्पन्न भइसक्नु पर्छ,’ विदोदोले अघिल्लो महिना पनि भनेका थिए । ‘नयाँ राजधानी अत्यन्त रणनीतिक स्थानमा छ । यो इण्डोनेशियाको केन्द्र र सहरी क्षेत्रको नजिक छ,’ टेलिभिजनमा सम्बोधनमा विदोदोले भने ।

जाकर्ताको केही भाग वार्षिक रुपमा १०–२० सेन्टिमिटर धसिरहेको जनाइएको छ । जाकर्ता विश्वको सबैभन्दा तीव्र गति धसिरहेको क्षेत्र हो । ठूलो जनघतत्वको कारण सहरमाथि प्रदुषण र ट्राफिक चापको भार परेको छ । त्यस अतिरिक्त जाकर्ता तटिय सहर हो जुन समुन्द्री सतहको वृद्धिले जोखिममा छ । जाकर्ता सहर बस्नु अघि सो क्षेत्रमा धाप थियो । त्यसबाहेक अव्यवस्थित नाली प्रणालीको कारण सहरको ४० प्रतिशत भाग समुन्द्रको सतहमुनि परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here