राजश्व चुहावट रोक्न माग गर्दै व्यवसायीहरु भन्सार कार्यालयमा

160

-शरद रेग्मी

नेपालगन्ज राजस्व चुहावट रोक्न ध्यानाकर्षण गराउन तुलसीपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलि नेपालगन्ज भन्सार पुगेको छ ।

चाड पर्व नजिकिंदै गर्दा भारतीय नाकाबाट व्यापक रुपमा भन्सार राजश्व छली काँचो कपडा, फेन्सी सामान लगायतका विभिन्न दैनिक उपभोग्य सामाग्रीहरु बजारमा भित्रिन थालेको गुनासोपछि टोली त्यहां पुगेको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा नेपालगन्ज भन्सारमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा सञ्चारकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावत(विरु)ले भन्सार नाकामा चेकजाँच कडाइ नहुँदा भन्सार नतिरेका दुइ नम्वरी सामानहरु बजारमा छ्याप्छ्याप्ती देखिन थालेको भन्दै भन्सार प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षण पत्रमा भन्सार राजश्व नतिरि बजारमा सामान भित्रिदा आफुहरुले कर तिरेर ल्याएको सामान उपभोक्ताले केही महंगो भएको हुँदा व्यवसाय गर्नै असहज अवस्था सृजना भएको उल्लेख गरिएको छ । साथै यसलाइ व्यवस्थापन गर्न भन्सार कर्मचारी, सुरक्षा निकाय लगायत आम सञ्चारकर्मीहरुको पनि सहकार्य आवश्यक भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै भन्सार प्रमुख शान्तिराम निरौलाले आफू एक्लै तस्करहरुसंग लड्नुनपर्ने अवस्था भइरहेको सन्दर्भमा अव व्यपारीहरुको साथले आफूहरुलाइ अझै हौस्याएकोजानकारी दिनुभयो । साथै यो विषयमा आफ्नो जनशक्तिले भ्याएसम्म थप सक्रिय रहने पनि जनाउनुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी कार्यालयका एसपी दीपक अधिकारीले तस्करीका सामान स्वयम् व्यवसायीहरुबाट नै गलत बाटोबाट लगिने गरेको भन्दै सशस्त्र प्रहरी एक्लैको प्रयासले तस्करी रोक्न नसकिने जनाउनुभयो । यद्धपि मुलबाटोमा भने सशस्त्रको निगरानी चर्को रहेको जनाउँदै जनशक्तिको अभावसंगै खुल्ला सिमानाले तस्करी रोक्न ठुलो चुनौती खडा गरेको जनाउनुभयो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बांकेका एसपी वीर वहादुर ओलीले तस्करीको ठुलो सञ्जाल रहेको जनाउंदै सीमा नाकामा आफूहरुको विशेष गस्ती भैरहेको जनाउनुभयो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पनि यो बर्ष नाकामा धेरै सामानहरु नेपाल प्रहरीले जफत गरी भन्सारमा बुझाएको पनि उहाँको दावी थियो ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले विषय प्रवेश गराउंदै पर्व, उत्सव र शोकका बाहनामा एउटै व्यक्तिले भन्सारबाट आवश्यक प्रयोजनका लागि भन्दै व्यापारिक प्रयोजन गरीरहेको जनाए । साथै संगठित समुहले पनि विभिन्न छोटि भन्सार नाका तथा खुला नाकाबाट साइकल र अटोमा समेत सामान भित्राएको जनाउनुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले तस्करीको सञ्जाल केही कम भएको भन्दै आफूले नियमित रुपमा भन्सार कार्यालयलाइ यसका विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए ।  यसै बीच सो टोलीले कोहलपुरस्थित राजश्व अनुशन्धान कार्यालय कोहलपुरमा पनि यसै विषयमा ध्यानाकर्षण गराएको थियो । अध्यक्ष विर वहादुर रावत(विरु)ले यस विषयमा ध्यानाकर्षण पत्र कार्यालय प्रमुख लाइ बुझाएका थिए । साथै आवश्यक कारवाहीकालागि पनि आग्रह गरेका थिए ।

ध्यानाकर्षणपत्र बुझ्दै कार्यलय प्रम्ुख शेखरवावु कार्कीले राजश्व चुहावट रोक्ने आम नागरिकहरुको दायित्व भएको भन्दै यसमा आफूहरु गम्भीर भएको जनाउनुभयो । अनुशन्धान कार्यालयले त्यसै सामान जफत नगर्ने भन्दै यहाँ आएपछि उम्कने कुनै उपाय नभएको पनि उहँंले जनाउनुभयो । कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले गरेका थिए ।

यसैबीच भन्सार नतिरी एउटा यात्रुवाहक कियाबसमा दाङ भित्रिंदै गरेको केही थान सुटका कपडा मंगलवार राति प्रहरीपोष्ट जसपुरले नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा पठाएको छ । पान विल काटि सवारीचालकलाइ बुझाएर यो सामान फलानो व्यक्तिलाइ दिन लगाएको चालकले जनाएका थिए । यी कपडा भन्सार तिरि ल्याइएका हुन् वा होइनन् भन्ने विषयमा राजश्व कार्यालय तुलसीपुरले अनुशन्धान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here