हापुरेमा बृहत शान्ति र समृद्धि सम्मेलनको तयारी

360

शरद रेग्मी

दाङ / अधुरो शान्तिवार्ता भएको हापुरेमा यही भदौ १९ गते फेरि बृहत शान्ति एवं समृद्धि सम्मेलन हुने भएको छ । मुलुकमा शान्ति प्रक्रियाले अन्तिम रुप नलिइसकेको अवस्थामा द्धन्द्धरत पक्षलाइ फेरी राजनितिको मुल प्रवाहमा ल्याउने उदेश्यले शान्ति प्रक्रियाका अभियन्ताहरु हापुरे आउंदै छन् ।

शात्ति वार्ता सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गरेका नागरीक अगुवा तथा पुर्वसभामुख दमननाट ढुंगाना, राजनितिक विश्लेशक एवं नागरीक अगुवा श्याम श्रेष्ठ, पुर्व शान्तिमन्त्री तथा नेकपा स्थाइ कमिटि सदस्य जनार्दन शर्मा, प्रेस काउन्सिलका पुर्व अध्यक्ष एवं नागरीक अभियान्ता नारायण प्रशाद शर्मा, पत्रकार महासंघका वरीष्ठ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, रिपोटर्श क्लव नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमला, स्थानिय जनप्रतिनिधिहरु, स्थानिय सरकारका प्रमुखहरु तथा यस क्षेत्रका संघिय एवं प्रदेश सभा सदस्यहरु, प्रदेश नंवर ५ का सुरक्षा प्रमु्ख लगायतको सहभागिता रहने छ । कार्यक्रम ववइ गाँउपालिकाको प्रमुख आतिथ्यता तथा रिपोटर्श क्लव नेपाल पांच नंवर प्रदेशको संयोजनमा हुन थालेको प्रदेश संयोजक एवं दाङ जिल्ला अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो ।

यस कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सम्पन्न गराउने आतिथ्य संस्था ववइ गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जनाउनुभएको छ । साथै उत्साहजनक सहभागिताकालागी आम गाउपालिकावासीहरुलाइ समेत उहांले आह्वान गर्नुभएको छ । ववइ गाउपालिको हापुरे स्थीत नवनिर्मित शभाहलमा सो कार्यक्रम हुंदै छ ।

हापुरेमा आयोजना हुने शान्ति र समृद्धि सम्मेलन कुनै राजनितिक दलको कार्यक्रम नभएर सवै दल र सवै पक्षका अभियन्ताहरुको लक्षित कार्यक्रम हो ।

जसले फेरीपनि दिंगो शान्ति र समृद्धिलाइ महत्व दिने छ । सो अवसरमा स्थानिय संस्कृति झल्किने गित नृत्यहरु प्रस्तुत हुने पनि आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here