गाई मारेको अभियोगमा पुरी पक्राउ

84

काठमाडौं / भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन् ।

मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेका ४ वटा गाईमध्ये १ वटा गाईलाई विहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरेर मारेको प्रहरीले जनाएको छ । गिरीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here