ट्वीटरका सीईओ ज्याक डोर्सीकै अकाउन्ट ह्याक

17

काठमाडौं- ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । करिब ४२ लाख फलोअर्स रहेको उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए ।

ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ ।

ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो । अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए । केही समयपछि ट्वीटरले यी सबै म्यासेजलाई डिलिट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here