रविलाई भेटेकोमा आइजीपी खनाललाई गृहमन्त्रालयको स्पष्टिकरण

76

काठमाडौं । गृहमन्त्रालयले प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द्र खनालसँग रवि लामिछानेलाई हिरासतमा भेटेको बारे स्पष्टीकरण सोधेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका बेला लामिछानेलाई भेट गरेको भन्दै आइजीपी खनाललाई गृहमन्त्रालयबाट स्पष्टिकरण सोधिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मृतले नै नाम जोडेपछि न्यूज २४ टेलिभिजनबाट प्रसारित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता लामिछाने पक्राउ परेका थिए । गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ । स्रोतका अनुसार खनाललाई ‘आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेटेको ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति नलिएको ? भन्दै गृहमन्त्री र गृहसचिवले प्रश्न गरेको जनाइएको छ ।

स्रोतका अनुसार यो विषयमा गृहमन्त्रालयको मात्र नभएर प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको बुझिएको छ । प्रहरी प्रमुख आफै चितवन पुगेर रविलाई भेटेका हुन वा गृहको कुनै स्वीकृति वा छलफल योजनामा भेटेका हुन ? भन्ने प्रधानमन्त्री कार्यालयबाट सोधपुछ भएपछि गृहमन्त्री र गृहसचिवले खनाललाई बोलाएर सोधपुछ गरेका हुन् ।

आईजीपी खनाल त्यो दिन गृहमन्त्रालयलाई जानकारी नै नदिई संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here