विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल चलाउन निषेध

105

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थल नेतृत्वलाई  विमानस्थलका कर्मचारीहरु कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै  मन्त्री भट्टराईले कार्यालय समयमा  समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका छन् ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले जानकारी दिए । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्रीभट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनीसमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here