खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा प्रस्तुत

84

 काठमाडौं /  म्याच फिक्सिङ गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।

विधेयकमा खेलमा मिलेमतो गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई  मिलेमतो भएको प्रमाणित भएमा तीन वर्ष कैद र रुपैयाँ तीस हजारसम्म जरिबानाका साथै रकमसमेत लेनदेन गरेको भए त्यो रकम पनि जफत गरिने  उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको ’खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा त्यो प्रावधान राखिएको हो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा हाल त्यो विधेयक छलफलका क्रममा छ ।

’नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी देशमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन’ भन्ने विधेयकमा उल्लेख छ ।

मिलेमतोका लागि उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई समेत त्यो कारबाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ । हाल त्यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आइपुगेको छ ।

विधेयकको त्यो प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई र पाँच लाखसम्म जरिबाना र हदैसम्मको कारबाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here