चिनियाँ राष्ट्रपति ९ घण्टाका लागि नेपाल भ्रमणमा आउने

304

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।

यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।

राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने जनाइएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here