काठमाडौं / गौशालास्थित पशुपतिनाथ क्षेत्रको भण्डारखाल जंगलमा महिला र पुरुष मृत भेटिएका छन् । एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
दुई जनाको शव भेटिएको जनाउँदै प्रहरीले दुवै पक्षका आफन्तको रोहबरमा सनाखत गरेर पोष्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

















