वायुसेवा निगमका कार्यकारी अध्यक्षको स्वास्थ्यलाई लिएर अतिरञ्जित समाचार बनाइएको प्रति निगमको खण्डन

285

 काठमाडौं / नेपाल वायुसेवा निगमले निगमको कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडेर केही सञ्चार माध्यममा कपोलकल्पीत समाचार सम्प्रेषण भई रहेकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

निगमको कार्यकारी अध्यक्ष खरेल हाल अस्वस्थ रहेको र विश्राम गरिरहेको जानकारी गराउँदै खरेलको स्वास्थ्यलाई लिएर अतिरञ्जित समाचार आइरहेकोप्रति निगमले खण्डन गरेको छ ।

निगमले आज विज्ञप्ती जारी गर्दै खनालको स्वास्थ्यस्थितिबारे जानकारी दिँदै चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहनुभएको जानकारी दिएको छ ।

चिकित्सकका अनुसार उहाँ मौसमी भाइरल र टाइफाइडबाट संक्रमित हुनु भएकोले न्यूनतम पाँच दिन आराम गर्नुपर्नेछ ।
निगमले खरेलको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको विज्ञप्तीमार्फत जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here