तीजको दिन श्रीमानद्वारा श्रीमतिको हत्या

392

काठमाडौं । एक व्यक्तिले रुकुम पश्चिममा तीजको वर्त बसेकी श्रीमतिलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला खड्काको गएराति हत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गरी तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमतिको हत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

श्रीमतिको हत्या गरी फरार भएका नविनलाई मंगलबार विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी तिम्सिनाले बताए । श्रीमतिको हत्या गर्नुको कारण भने खुल्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here