विप्लव (नेकपा)का नेताहरु रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार !

323

काठमाडौं / नेत्रचन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्कालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

गत भदौ ९ गते सुनसरीबाट गिरफ्तार गरी संखुवासभा पुर्याइएका उनीहरुलाई सोमबार भएको बहसपछि जिल्ला अदालतले धरौटिमा रिहा गर्न आदेश दिएको थियो । बन्दीका तर्फबाट अधिवक्ता भवानी आचार्यले बहस गरेका थिए । बहसपछि अदालतले पुस्करलाई ३० हाजार र अन्य ४ जनालाई १५र१५ हजार धरौटिमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले अदालत परिसरबाटै उनीहरुलाई पुनः गिरफ्तार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here