दशैंको अग्रिम टिकट बुकिङ्ग खुलाउँन विभागले छलफल गर्ने

166

काठमाडौं । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ्गका सम्बन्धमा भदौ १९ गते (भोली) सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्तावादी संगठन लगायतका सरोकारवालाहरुसँग छलफल गर्ने तयारी गरेको सार्वजनिक केन्द्रीय यातायात महासंघका अध्यक्ष होम प्रसाद अधिकारीले जानकारी दिए ।

अग्रिम टिकट बुकिङ्ग खुलाउँन यातायात व्यवसायीहरु तयारी रहेको भएपनि सरकारले कस्तो योजना बनाउँछ त्यसको विषयमा गहन छलफल हुनुपर्ने अध्यक्ष अधिकारीको भनाई छ । उनका अनुसार पछिल्लो समय यातायात समितिहरु खारेज भए पछि व्यवस्थापनमा केही असहज भएपनि त्यसलाई सरकारले व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सरकारले साझा यातायातलाई मात्र प्राथमिकता दिएको उनको आरोप छ । यसलाई व्यवस्थापन गर्नका लागि सबै यातायात व्यवसायीको कुरालाई सरकारले सुन्न आवश्यक रहेको उनको भनाई छ ।
यो वर्ष सरकारले व्यवस्थापन गर्न सके दशैंमा गाडीको संख्या कम नहुने उनको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here