पक्राउ परेका चिनियाँ ह्याकरहरुप्रति चिनियाँ दूतावासको चासो !

319

काठमाडौं /  चिनियाँ दूतावासले आफ्ना ६ जना नागरिक पक्राउ परेपछि चिन्ता व्यक्त गरेको छ ।  बैंकिङ प्रणाली ह्याक गरेर करिब दुई करोड लुटिएको घटनामा दूतावासले चासो देखाएको हो ।

एटिएम ह्याक प्रकरणमा ६ जना चिनियाँ नागरिक पक्राउ परेपछि दूतावासले चासो देखाउँदै दूतावासबाट एउटा टोलीले हिरासतमा रहेका अभियुक्तसाग भेटघाट गरेको खुलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भने दूतावासका अधिकारीले भेट्नु सामान्य भएको जनाउनुभयो । टोलीले अनुसन्धानमा सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको प्रहरीसमक्ष जनाएको छ ।

शनिबार मध्यराति चलाइएको प्रहरी अपरेशनमा चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ पक्राउ परेका थिए । पहिलो अपरेशनमा भाग्न सफल सु लुसली आइतबार साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

प्रहरीले जय नेपालको होटल माया मनोहर बुटिकबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

प्रहरीले अवैध सटहीमा सहयोग गरेको भन्दै ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here