लुम्बिनीमा विदेशी पर्यटकको आगमन घट्दै

310

–बिन्दु कुमार चौहान

लुम्बिनी / लुम्बिनी पर्यटन प्रबद्र्धन मार्फत आर्थिक समृद्धि अगाडि बढाउने राज्यले अवधारणा बनाई रहेको बेला बुद्धजन्म स्थल लुम्बिनीमा विदेशी पर्यटकको आगमन घटेको छ ।

लुम्बिनी विकास कोष स्थित सूचना शाखाले सार्वजनिक गरेको मासिक तथ्याँक अनुसार सन २०१८ को अगस्तमा १९ हजार दुईसय ७९ जना विदेशी पर्यटक लुम्बिनी भ्रमण गरेकोमा यस पर्षको अगस्टमा १४ हजार ७ सय ३८ जना मात्र विदेशी नगारिकहरु लुम्बिनी आए पछि विदेशी पर्यटकको आगमन घटेको हो ।

अन्तर्रािष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा बिदेशी पर्यटक घटे पनि आन्तरिक पर्यटकको श्रेणीमा पर्ने भारतीय पर्यटकहरु गतवर्ष भन्दा यस वर्षको अगस्टमा बढेको छ ।

सन २०१८ को अगस्तमा सात हजार चारसय २७ जना मात्र लुम्बिनी दर्शनका लागि आएको हुदा सन २०१९ को अगस्तमा आठ हजार चारसय ५७ जना भारतीय पर्यटक लुम्बिनी घुम्न आए पछि भारतीय पर्यटकको लुम्बिनी आगमनमा बृद्धि भएको तथ्याँकमा उल्लेख छ ।

यसै गरी आन्तरिक पर्यटककै सूचीमा रहेका नेपाली नागरिकहरुको पनि गतबर्षको अगस्त भन्दा यस बर्षको अगस्तमा लुम्बिनी आगमनमा कमी आएको छ ।
सन २०१८ को अगस्तमा ३९ हजार आठसय ८३ जना नेपाली पर्यटक लुम्बिनी भ्रमण गरेकोमा सन २०१९ को अगस्तमा ३२ हजार एकसय ५४ जना मात्र नेपाली पर्यटकहरु लुम्बिनी आए पछि लुम्बिनीमा स्वदेशी र बिदेशी पर्यटकको आगमनमा कमी आएको छ ।

अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा स्वदेशी र बिदेशी पर्यटकको आगमनमा कमी आए पछि लुम्बिनी बिकास कोषले लुम्बिनी संरक्षण शुल्क ,क्यामरा शुल्क, पार्किङ्ग शुल्क वापत लिईदै आएको राजस्व संकलन समेतमा कमी आएको कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले जानकारी गराए ।

त्यस्तै लुम्बिनीमा पर्यटकै नआए पछि व्यापार व्यवसायीमा कमी आउदा होटेल,रेष्ट्रोरेण्ट तथा फूलमाला ब्यवसायीहरु चिन्तित भईसकेको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधको गुनासो छ ।

यसरी लुम्बिनीमा पर्यटक घटनुका कारण बारे कोष स्थित सूचना शाखा प्रमुख हरिध्वज राई सँग जिज्ञासा राख्दा उनले लुम्बिनी प्रदूषण अव्यवस्थित बाटोघाटो इण्डियामा चुनाव तथा पर्यटन व्यवसायी द्वारा अतिथी सत्कारमा कमीका कारण स्वदेशी तथा बिदेशी पर्यटक पाहुनाहरुको लुम्बिनी आगमनमा कमी आएको प्रष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here