अमेरिकामा कार दुर्घटना, ३ नेपालीको मृत्यु

230

काठमाडौं– अमेरिकाको मिजुरी राज्यमा कार दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ।

नेपाली सवार कार रोकिराखेको बेला पछाडीबाट पिकअप ट्रकले ठक्कर दिदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा–आमा अमेरिका घुम्न नेपालबाट गएको त्यहाँका नेपालीहरुले जनाएका छन् ।

कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here