तुलसीपुरको धावनमार्ग फराकिलो हुन्छ : जनार्दन शर्मा

262

तुलसीपुर / पूर्व शान्ती तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरको धावनमार्ग विस्तारका लागि पहल भएको जनाएका छन् । धावन मार्ग विस्तारको आवश्यकता भइसकेको जनाउँदै मन्त्री शर्माले आवश्यक सर्वे गरेर काम अगाडि वढाउनका लागि पहल गर्ने जानकारी दिए । नारायणपुरमा वन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल लामो समयको सोच भएको जनाउँदै तुलसीपुरकै विमानस्थलमा ठूला जहाज वसाउने गरी पहल गरिने उनको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्थानीय विकास विषयक कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले तुलसीपुर प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक आउने गरी कानुन ड्राफ्ट भएको जानकारी दिए । ‘गाउँ घरका जनताले पनि विशेषज्ञ डाक्टरको उपचार पाउन सकुन भन्ने गरी ऐन वनेको छ ’ पूर्वमन्त्री शर्माले ऐन लागु भए लगत्तै प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर अनिवार्य आउने जनाए ।

संघीयताको कार्यान्वयनसँगै विकासप्रति जनताको चाहना तिव्र हुँदै गएको जनाउँदै त्यसलाई सम्बोधन गर्न स्थानीय सरकारलाई चुनौति रहेको जनाए । जनताको आवश्यकता सम्वोधन गर्नका लागि स्रोतको अभाव रहेको वताउँदै शर्माले जति स्रोत छ त्यहिबाट नै जनताको चाहनाको उच्च सम्वोधन गर्नुपर्ने उनको भनाई थियो ।

विवादका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतिलिन नसकेको वताउँदै प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले राजनीतिक कारणले प्रतिष्ठानमा विवाद गर्न नहुने् तर्क दिए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान हामी सबैको हो यसलाई जोगाएर राख्ने दायित्व पनि सबैको छ ’ उनले भने ।

कार्यक्रममा विषय प्रवेश गराउँदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विमानस्थलको धावन मार्ग विस्तार, तुलसीपुर घोराही फोरलेन सडक, प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, संग्राम व्यारेकको व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here